Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महिलातर्फ भारतले जित्यो खो–खो विश्वकपको उपाधि, नेपाल उपविजेता

खो–खो विश्वकप फाइनलमा नेपाली महिला टोली आयोजक भारतसँग पराजित भएको छ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आज भएको उपाधि प्रतिस्पर्धामा नेपाली महिला टोली ७८–४० ले पराजित भयो । नेपाली महिला टोली अपराजित रहँदै उपाधि नजिकै पुगेको थियो ।

नेपाली महिलो टोलीले सेमिफाइनलमा युगान्डालाई र क्वार्टर फाइनलमा इरानलाई हराएको थियो । यस्तै नेपाली महिला टोलीले समूह चरणको पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

खो–खो विश्वकप फाइनलको पुरुषतर्फ अहिले बेलुकी ८ बजे भारतसँग खेल्दैछ ।