Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ

नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय राजु कार्की रहेका छन् । 

उनले आफू नेपाली सेनाको अधिकृत रहेको भन्दै सुनका गरगहना धितो राखी रकम दिन भनी आफूसँग भएको जग्गा जमिन नामसारी गर्दिन्छु भन्दै तीन लाख ठगी गरेको प्रहरीले जनाएको छ । 

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।