Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

लुम्बिनी विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

लुम्बिनी विकास बैंक लिमिटेडले १७औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । सभा पौष २९ गते सम्पन्न गरेको हाे । सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरिएको छ ।

साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र ४.०० प्रतिशत नगद लाभांश तथा ३.०० प्रतिशत बोनस शेयर सहित कुल ७.०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरिएको छ ।


सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले गरेका थिए। सभामा उपस्थित शेयरधनीहरूले राखेका जिज्ञासाहरूमाथि अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले प्रष्टिकरण दिएका छन् ।


लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा शाखाहरू विस्तार गर्दै कारोबार गरिरहेको छ । हालसम्म बैंकले ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) मार्फत उच्चस्तरीय र सुरक्षित बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । लुम्बिनी विकास बैंकले आगामी दिनहरूमा थप सुदृढ सेवा र आर्थिक वृद्धि हासिल गर्ने प्रतिवद्धता जनाएको छ ।