Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो?

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले आज (बुधबार) रातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको छ ।

मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५ र डिजेल तथा मट्टितेल एक सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

योसँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।

473571023_1156943316034375_3604407627085780966_n.jpg