Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै ठग्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

सप्तरी विष्णुपुर गाउँपालिका–७ का  ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका  ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अभियुक्त कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट रु ७२ लाख ४८ हजार एक सय ५० र राजेशले रु आठ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए।

पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो। उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ।