Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

३९औं वर्षमा लागिन् बलिउड अभिनेत्री दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण, जो आज ३९ वर्ष पुगेकी छिन्। उनले एक रियालिटी शोमा डिप्रेसनबारे आफ्नो अनुभव साझा गर्दै भनेकी थिइन्, ‘डिप्रेसन कसैलाई पनि हुन सक्छ, भलै बाहिरी जीवन जति सफल देखिए पनि।’ 

उनको जीवनमा धेरै उतार(चढावहरू रहे, जसमध्ये २०१४ मा डिप्रेसनको सामना गर्नु एक थियो। जब उनको करियर आकाशको उचाइमा थियो, तब दीपिकाले डिप्रेसनको शिकार हुनुपरेको थियो। डिप्रेसनबाट बाहिर आउनका लागि उनले आमाको सहयोग, मनोचिकित्सकको परामर्श, नियमित निद्रा, स्वस्थ खाना र व्यायामको महत्व स्वीकार गरेकी छिन्। त्यसपछि उनले ‘द लाइभ लभ लाफ फाउन्डेसन’ को स्थापना गरेर मानसिक स्वास्थ्यको बारेमा जागरूकता बढाउने प्रयास गरिन्। 

उनको उद्देश्य मानसिक स्वास्थ्य समस्याको बारेमा जनमानसमा शिक्षा दिनुका साथै त्यस्ता मानिसलाई सहयोग पुर्‍याउनु हो। सन् २०१८ मा उनले बलिउड अभिनेता रणवीर सिंहसँग विवाह गरेकी थिइन्। 

आमा बनेपछि उनले निद्राको कमी, थकान र भावनात्मक उतारचढावजस्ता नयाँ चुनौतीहरूको सामना गर्नुपरेको अनुभव साझा गरेकी थिइन्। बलिउडमा सफल अभिनेत्रीको रुपमा स्थापित दीपिका आउँदा दिनमा ‘पठान २’, ‘फाइटर २’, ‘ब्रह्मास्त्र २’, ‘कल्की २८९८ एडी’ को दोस्रो भाग र ‘द इन्टर्न’ जस्ता फिल्महरूमा देखिने भएकी छिन्।