Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भाइ–बुहारीको हत्यारा आरोपी १६ बर्षपछि पक्राउ

रौतहटमा आफ्नै भाइ–बुहारीको हत्याको आरोपी १६ वर्षपछि पक्राउ परेका छन् । 

बुहारीका हत्याका आरोपी कटहरिया नगरपालिका–१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन् ।

पक्राउ परेका आरोपी जितनलाई जिल्ला अदालत गौरबाट म्याद थप गराइ थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर उमाशंकरले जानकारी दिएका छन् । महतोले २०६५ साल पुस २४ गते आफ्नै भाइ हरिराम महतोको श्रीमती बर्ष २२ की शारदा देवीको हत्या गरी शव बेपत्ता पारेर फरार भएका थिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको ३ दिन पछि पुस २७ गते खेतमा गाडेको अवस्थामा प्रहरीले शारदाको शव फेला परेको थियो । घटना भएदेखि नै फरार महतोलाई खोज तलास गर्दै शुक्रवार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ । जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत सैयौ सयौंजना अभियुक्त पक्राऊ परेका छन् ।