Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

धादिङमा दुईटा कार ठोक्किँदा चार जना घाइते

धादिङको सलाङघाटमा दुईटा कार एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सलाङघाटमा काठमाडौंबाट पोखरा जाँदै गरेको बा ०१ – ०२९ च १३६९ नम्बरको इलेक्ट्रिक कारलाई मुग्लिङबाट काठमाडौं तर्फ आउँदै गरेको बा ०१ – ०३० च ४५०९ नम्बरको अर्को इलेक्ट्रिक कारले ठक्कर दिएको हो ।

दुर्घटनामा दुवै कारमा सवार २/२ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरिले जानकारी दिएको छ । घाइतेहरुको मलेखु अस्पतालमा उपचार हुँदैछ । 

काठमाडौंतर्फ आउँदै गरेको कारको ब्रेक फेल भएर दुर्घटना भएको चालकले बताएको भए पनि दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।