Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भ्रष्टाचार निवारण संशोधन विधेयक समितिबाट पारित

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गरेको छ । समितिको बिहीबार बसेको बैठकले प्रतिवेदनसहित विधेयक सर्वसम्मत पारित गरेको हो ।

समितिको प्रतिवेदन आगामी हिउँदे अधिवेशनमा पेस गरिने सभापति रामहरि खतिवडाले जानकारी दिए । 

त्यसअघि उक्त विधेयकबारे सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो ।