Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नारच्याङ बेंसीमा खानेपानी आयोजना

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेंसीमा एक करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ ।

ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा एक करोड आठ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो ।


आयोजनाबाट नारच्याङ बेंसीगाउँका एक सय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए । विद्यालय, स्वास्थ्य चौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ ।

गोर्खा वेयलफेयरको रु ८७ लाख ६५ हजार छ सय ७२ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले रु २० लाख ६६ हजार ८३ बराबरको श्रमदान गर्नुपर्नेछ । आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मुहान, ट्याङ्की, धारा र पाइपलाइनको काम तीव्र गतिमा भइरहेको छ ।