Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

घरमै आगो तापिरहेका बेला गैंडाको आक्रमण, दुई महिला घाइते

पूर्वी चितवनमा गँंडाको आक्रमणमा परी दुई जना घाइते भएका छन् ।

खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैंडाले आक्रमण गरेको हो ।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।