Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

इटहरी उपमहानगरपालिकासहित सुनसरीका तीन ठाउँमा शंकास्पद वस्तु फेला

सुनसरीका विभिन्न तीन ठाउँमा आज मंगलबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । 

उक्त शंकास्पद वस्तु विष्फोटक पदार्थ अथवा बम हुन सक्ने प्रहरीको अनुमान छ । इटहरी उपमहानगरपालिका कार्यलयको प्रवेशद्वार नजिकै, सुनसरी र मोरङको सीमानामा पर्ने बुढीखोलाको पुलमुनि र धरानको भोटेपुल नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

ती ठाउँमा कालो झोलामा राखिएको उक्त शंकास्पद वस्तुलाई पुष्टि र निस्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । ठूलो आकारमा देखिएको वस्तु विष्फोटक पदार्थ हुन सक्ने प्रहरीले अनुमान लगाउँदै वस्तुको नजिक कसैलाई पनि जान दिएको छैन ।