Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

राष्ट्रिय किताबखानाका अधिकृत धनेश्वर प्रसाईं तीन लाख घुससहित रंगेहात पक्राउ

राष्ट्रिय किताबखाना छाउनीमार्ग ताहचलमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले उनलाई आइतबार तीन लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रसाईले पेन्सनपट्टा बनाई दिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको भन्ने सूचनापछि अख्तियारको टोली खटिएको थियो । उक्त टोलीले प्रसाईंलाई घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।