Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अहिले कस्तो मोहन वैद्यको स्वास्थ्य अवस्था?

 त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई किरणलाई आइसीयुमा सारिएको छ ।

विगत १५ दिनदेखि अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप समस्या आएकाले शनिबार सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा सारिएको हो । अधिवेशनको काममा भागदौड गर्दा स्वास्थ्यमा समस्या देखिएकाले उनलाई अस्पतालको एनेक्स टू क्याबिनमा राखेर उपचार गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सक डा.निरज बमका अनुसार उनको छातीमा संक्रमण र दमको समस्या छ । वैद्य दीर्घ दमका रोगी छन् । हरेक वर्ष जाडो याममा उनलाई दमको समस्या बढ्ने गर्छ ।