Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

घुम्न जाने भनेर १७ वर्षीया किशोरीलाई डेरामा लगेर सामूहिक बलात्कार, दुईजना पक्राउ

काठमाडौंको सेतोपुलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना युवकले डेरामा लगेर बलात्कार गरेका हुन् ।

घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएपछि बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा डेरा गरी बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् ।

प्रहरीका अनुसार उनीहरुले पुस ९ मा घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।