Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दीपक मनाङेका तत्कालीन सहयोगी भण्डारी पक्राउ

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि रड आक्रमणको घटनामा दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टीका भण्डारी पक्राउ परेका छन् । शनिबार भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।


मनाङे मन्त्री हुँदा सिन्धुली घर भएका भण्डारी स्वकीय सचिव थिए । लामामाथि रड प्रहार घटनामा भण्डारीको कनेक्सन देखिएपछि पक्राउ गरिएको परिसर स्रोतले जानकारी दियो । यसअघि विक्रम लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरीले निष्कर्ष निकालेको थियो ।

सोही घटनामा संलग्न भएको आरोपमा जेलबाट छुटेका मार्सल भनिने शैलेन्द्र तामाङमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको थियो ।कात्तिक ११ गते दिउँसो नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण भएको थियो । चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा उनीमाथि मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो ।