Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

धनगढीका मेयर हमाललाई भेट्न पुगिन् परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वास्थ्य लाभ गरिरहेका धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपाल हमाललाई भेटेकी छिन् । राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतले प्रमुख हमाललाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनीहरूले आज बिहान आफूलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका प्रमुख हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । श्वास प्रश्वास र मष्तिष्कमा समस्या देखिएपछि प्रमुख हमाललाई उपचारका लागि नयाँ दिल्ली लगिएको थियो । 

उनी अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । विक्रम संवत् २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका थिए ।