नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विवाद चर्किएको छ । यसै अन्तर्गत आज (शुक्रबार) पद्मकन्या क्याम्पसमा पनि चन्द्रकला तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।तामाङको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
आजको भेलाबाट वरिष्ठ उपाध्यक्ष दीक्षा बडु, उपाध्यक्षद्धयमा रिंकी मेहता र कविता गौतम, सचिवमा संकल्पिका थापा, सन्ध्या बस्याल, श्रद्धा थापा चयन भएका छन् । साथै, सह सचिवमा अस्मिता विश्वकर्मा, कृतिका बराल, ममता पुजारा, कोषाध्यक्षमा चेतना नहर्की, सह कोषाध्यक्ष उवर्सी पाण्डे बनेका छन् ।
बागबजारस्थित पद्मकन्या क्याम्पसको नेविसंघ इकाई सभापतिमा चयन भएकी नेता तामाङ ओखलढुंगाकी नेपाल तरुणदल जिल्ला कार्यसमिति सदस्य समेत हुन । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले गरेका गतिविधि विधिविधान विपरीत र एकलौटी भएको भन्दै शेखर समूहका नेताहरुले समानान्तर गतिविधि गर्दै आएका छन् । प्रष्ट वक्ताका रुपमा चिनिएकी तामाङले सभापतिमा चयनपछि संगठनले दिएको जिम्मेवार पूरा गर्न आफू लागिपर्ने र लोकतान्त्रिक सिद्धान्तमा रहि नेविसंघको लक्ष्य, विद्यार्थीहरूको भविष्य निर्माण गर्न लागि पर्ने बताइन्।

केही दिन अघि गगन थापा निकट नेविसंघ नेता आशिष कैनिले नेविसंघ तनहुँको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका थिए । उक्त नियुक्तिमा असन्तुष्टि जनाउदै शेखर पक्षले आज नेविसंघ तनहुँको जिल्ला अध्यक्षको रुपमा सोन कुमार आलेलाई घोषणा गरेका छन्। उक्त कदमको जवाफ स्वरुप शेखर कोइराला निकट मानिएकी नेविसंघ पद्मकन्या क्याम्पस निकट इकाइ सभापती पुर्णिमा परियार रहेको स्थितिमा गगन समुहले नया इकाई सभापतिको रुपमा चन्द्रकला तामाङलाई घोषणा गरेको हो।