गगन थापा र शेखर कोइराला निकटका बीच अहिले नेविसंघमा द्वन्द चलेको छ ।
केही दिनअघि गगन थापा निकट नेविसंघ नेता आशिष कैनिले नेविसंघ तनहुँको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका थिए ।
उक्त नियुक्तिमा असन्तुष्टि जनाउदै शेखर पक्षले आज नेविसंघ तनहुँको जिल्ला अध्यक्षको रुपमा सोन कुमार आलेलाई घोषणा गरेका छन्।
उक्त कदमको जवाफ स्वरुप शेखर कोइराला निकट मानिएकी नेविसंघ पद्मकन्या क्याम्पस निकट इकाइ सभापती पुर्णिमा परियार रहेको स्थितिमा गगन समूहले नयाँ इकाइ सभापतिको रुपमा चन्द्रकला तामाङलाई घोषणा गरेको छ।