Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेता चन्द्र भण्डारीको प्रश्नः सम्पति शुद्धीकरण मुद्दामा अब को बाँकी रहन्छ?

सत्तारुढ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दामाथि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसरी कोही पनि बाँकी नरहने भन्दै प्रश्न पनि गरेका छन् । नेता भण्डारीले लेखेका छन्, ‘सम्पति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? बुझ्ने कोशिस गर!’


उनले थप लेखेका छन्, ‘प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौं की! सत्यलाई सत्य थाहा हुन्छ !’ नेता भण्डारीको यो बयान रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत जारी सुनुवाईबीच आएको हो ।

Chandra.jpeg