Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेसँग आज पनि बयान

सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज शुक्रबार पनि जारी रहने भएको छ । कास्की जिल्ला अदालतमा हिजोदेखि बयान लिन सुरु गरिएका लामिछानेको हिजो आधा मात्रै सकिएकाले आज पनि जारी रहने भएको हो ।

न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बयानमा हिजो लामिछानेले सोधिएका सबै प्रश्नमा इन्कारी बयान दिएका थिए । आज रविको मात्रै बयान हुने र बाँकीको बयान आइतबारबाट मात्र सुरु हुने देखिएको छ । सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन । सोही बीचमा उनी संघीय संसद्को सांसद पद बाट निलम्बन भइसकेका छन् ।

मंगलबार अबेर गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डी।आई।जी छविलाल जोशी सँग बयान सकिए पछि अर्का प्रतिवादी लिला पछाई सँग बयान लिन शुुरु भएको थियो । जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईले अदालतमा बयान लिइएको थियो । छविको बयान मंगलबार सकिए पछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिइएको थियो ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिए पछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्ने बारे आदेश दिनेछ । पहिले १९ जना र अहिले ४४ गरी जम्मा ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको छ ।