Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रास्वपाको सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज शुक्रबार बस्दैछ । आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी सचिवालय बैठक बोलाइएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

झाका अनुसार बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, पार्टीको केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुनेछन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापति तोकेको छ ।

सभापति लामिछानेले गएको आइतबार आफूविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएका थिए। लामिछानेको ईच्छाअनुसार यही पुस ८ गते बसेको रास्वपाको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।