Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

‘मनिङ वाक’ मा निस्केकी महिलालाई जब्बरजस्ती गर्ने तीन युवकलाई गरियो सार्वजनिक

मोरङको जहदा गाउँपालिका–३ की २२ वर्षीया महिलालाई मंगलबार सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले आज बिहीबार सार्वजनिक गरेको छ । तीन जना अभियुक्तविरुद्ध तीन वटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।


मंगलबार बिहान ‘मनिङ वाक’ मा निस्किेकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमा कपडा कोचिएको तथा हात–खुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको थियो ।

मोरङ कटहरी गाउँपालिका–२ का २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिलकुमार साह र भारत बिहार राज्य अररिया घर भई हाल कटहरी–२ बसी ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जरलाई प्रहरीले अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।