Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सर्लाहीको बसबरियाका वडाध्यक्ष नन्दलाल महतोको निधन

सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ ।

उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।