जाजरकोट केन्द्रबिन्दु भएर आज बिहीबार एकाबिहानै भूकम्प गएको छ ।
जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । पश्चिम नेपालमा पुसयता मात्रै पाँच वटा भूकम्पको धक्का गएको छ ।
पुस २ गते बझाङ केन्द्र गरेर ४.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस्तै पुस ३ गते बझाङमै ४.१, पुस ५ गते बाजुरमा ५.२ म्याग्नेच्युडको भूकम्प गएको थियो। पुस ९ गते दार्चुलामा ४.० म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।