नेकपा एमालेले ६ महिना निलम्बन गरेपछि केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाले प्रतिक्रिया दिएकी छिन् । उनले सामाजिक संजालमा लेख्दै एमाले नेतृत्व पञ्चायतकै बाटोमा लागेको बताएकी हुन् ।
उनले लेखेकी छिन्, 'यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायत विरुद्ध लडेर आउनु भएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।'
यस्तो छ उनको स्टाटसः
'आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं.१ अन्तरगत शिबपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्र्यक्रम सकेर भर्खर घर आईपुगेँको छु । तल्लो तहका आम कार्यकर्ता , तिनको लगाब , मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ । पंचायत बिरुद्द लडेर आउनु भएको नेतृतवगणले पंचकै नक्कल नगर्नु भएको भए हुन्थ्यो । '