Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

कुसुम घिमिरे भन्छिन्- मान्छे कमजोर दृश्यले होइन दिमागले हुने गर्छ

नेत्रहीन महिला संघ नेपाल, काठमाण्डौ उपत्यका शाखाको साधारण सभा एक समारोहबीच पद्मोदय माबि, भृकुटीमण्डपमा सम्पन्न भएको छ।

प्रमुख अतिथिमा संस्थाको केन्द्रीय सल्लाहकार निरा अधिकारी रहेकी थिइन्। विशिष्ट अतिथिमा केन्द्रिय सचिव सृजना ढकाल रहेकी थिइन्। कार्यक्रममा विभिन्न संघ-संस्थाका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता सोहि संस्थाकी अध्यक्ष कुसुम घिमिरेले कार्यक्रमको समापन गरेकी थिइन।

कार्यक्रममा बोल्दै अध्यक्ष कुसुम घिमिरेले काम गर्ने क्रममा आफूलाई सहयोग गर्ने सबैमा आभारी रहेको बताइन्। अध्यक्ष पदमा रहेर ३ वर्ष काम गरिरहँदा यस अवधिमा आफूले धेरै नयाँ कुरा सिकेको उनेको अनुभव छ। अपाङ्गता भएका व्यक्तिहरुको हक हितका लागि आयोजना गरिएको Insta reader application training, मनोपरामर्श कार्यकम, निबन्ध प्रतियोगिता, तीज दर तथा समस्या साटासाट कार्यक्रम त्यसका साथसाथै संस्थाले अपाङ्गता भएका र नभएका दुवै स्तरका व्यक्तिहरूलाई समेटेर गरिएको खुल्ला कविता प्रतियोगिता र खुल्ला प्रेमील मुक्तक प्रतियोगिता निकै सर्हानिय छ जहाँ भारी मात्रामा अपाङ्गता नभएका व्यक्तिहरूको सहभागिता रहेको उनले बताइन्।

आफूहरुको कार्यकालको ठूलो उपलब्धी भनेको नै अपाङ्गता भएका व्यक्तिले पनि साधारण व्यक्तिलाई समेटेर कार्य गर्न सक्छन् भन्ने मनसाय बनाउनु वा आम मानिसमा जनचेतना फैलाउनु नै हो जस्तो लागेको कार्यक्रममा बोल्दै उनले भनिन्। आजबाट आफ्नो जिम्मेवारी सकिएको र यद्यपि जिम्मेवारी नभए पनि यस संस्थाको रहोबरमा नै रहने र गठन भएको नयाँ समितिलाई घिमिरेले शुभकामना व्यक्त गरिन् ।