Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

धादिङमा पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

पृथ्वी राजमार्गको धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ रातोमाटेमा सुख्खा पहिरो खस्दा मंगलबार साँझ सडक अवरूद्ध भएको छ । साँझ ५ बजेतिर सडकमा पहिरो खसेको हो ।


नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले पहिरो हटाउन उपकरणहरू परिचालन भएको जानकारी दिए ।

 ‘पहिरोले बाटो रोकिएर गाडीको ठूलै जाम लागेको सूचना छ। हटाउन मेशिन उपकरणहरू गएका छन्,’ इन्जिनियर मिश्रले भने । उक्त सडकमा हाल विस्तारको काम भइरहेको छ ।