Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविविरुद्ध मुद्दा दायर भएपछि रास्वपा सचिवालयले गर्‍यो यस्ता तीन निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार दिउँसो बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले तीन निर्णय गरेको छ । रास्वपाले सभापति रवि लामिछानेको पक्राउका विषयमा अदालतको न्यायिक प्रक्रियालाई सघाउने निर्णय गरेको छ । आज (सोमबार) को पार्टी सचिवालयको आकस्मिक बैठकले कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरेको हो ।


त्यस्तै बैठकले पार्टीको कार्यवाहक सभापतिको जिम्मा डोलप्रसाद अर्याललाई तोकेको छ । पार्टी विधान २०७९ (संशोधन २०८१) को धारा २५(४) (क) (९) बमोजिम पुस ६ गते पार्टी सभापति लामिछानेले अर्याललाई कार्यवाहक सभापति तोकिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकपछि झाले सार्वजनिक गरेको तीन बुँदे वक्तव्यमा लेखिएको छ, ‘पार्टी विधान, २०७९ (संशोधन २०८१) को धारा २५ (४) (क) (९) बमोजिम मिति २०८१।०९।०६ गते पार्टी सभापतिले अर्याललाई कार्यवाहक सभापति तोकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहवरमा कार्यवाहक महामन्त्रीमार्फत केन्द्रीय समितिलाई जानकारी गराइएको छ ।

उक्त पत्रमा पार्टी सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नु हुने अपेक्षासहित शुभकामना समेत व्यक्त गर्नु भएको छ ।’