Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

क्रिसमस मनाउन दुई दिन सार्वजनिक बिदा

मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोलि र पर्सि (मंगलबार र बुधबार) सार्वजनिक बिदा दिएको छ ।

इसाई धर्मावलम्बीहरूले मनाउने क्रिसमसको उपलक्ष्यमा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । यो गाउँपालिकामा इसाई धर्मावलम्बीहरूको उल्लेख्य बसोबास रहेको छ ।

गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहने अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।