Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

युवाहरुले नेपालमा भविष्य देख्न छाडेः मिनेन्द्र रिजाल

सत्तारुढ नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भए पनि युवा पलायन नरोकिएको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएपनि युवाहरुलाई देशमै बस्ने वातावरण भने बन्न नसकेको बताए ।

युवाहरुले देशमा सुरिक्षत भविष्य देख्न छोडेको बताउँदै उनले युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको उल्लेख गरे । पछिल्लो समय कृत्रिम बहुमतको आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको उल्लेख गर्दै पूर्वमन्त्री रिजालले संविधानको माध्यमबाट एउटै पार्टीले प्राकृतिक बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको बताए ।

संविधानको ९ वर्षको अभ्यासको समीक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा उनको जोड थियो ।