Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

इपिएस भाषा परीक्षामा तीन हजार बढी उत्तीर्ण

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजार बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । 

सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण भएका हुन् ।


वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार यो संख्या हालसम्म सञ्चालन भएको तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । यसअघिका दुई चरणको भाषा र सीप परीक्षा सम्पन्न भइसकेको थियो ।