Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

थुनछेक बहसका लागि रवि लामिछानेलाई लगियो अदालत

सहकारीको रकम ठगी कसुरका प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको छ । सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेसहित पाँच प्रतिवादीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो ।


न्यायाधीश नितिज राईको इललासमा लामिछानेको बयान हुँदैछ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो ।

लामिछानेसहित पाँच जनाविरूद्ध भने सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । अभियोग दर्ता भएका प्रतिवादीहरूमध्ये कास्की प्रहरीको हिरासतमा रहेका रवि सहित गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल सहित थुनामा रहेका प्रतिवादीहरूको बयान आजदेखि सुरू हुन लागेको हो ।