Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

रवि लामिछाने हिरासतमा सुतेको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्। 

आज आइतबार बेलुका भुसाललाई काठमाडौँको थलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको उनले आफै स्वीकार गरेका थिए।

लामिछानेलाई हिरासतमा भेटेर फर्किने क्रममा आफूले सीसीटीभी मनिटर रुमबाट खिचेको उनले बताएका थिए।