Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

ढोरपाटनका मेयर नेपालीविरुद्ध एक करोड ५४ लाख बिगो

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका बागलुङ ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध एक करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

आज आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोत्रपत्र अनुसार उनी सूर्यदर्शन सहकारीको उपाध्य पदमा रहेका बेला अपचलन भएकोमध्ये उक्त डेढ करोड रकम नेपालीले अपचलन गरेको उल्लेख गरिएको छ ।

उनी २०६७ पुस ६ देखि २०६८ मंसिर १७ सम्म सूर्यदर्शन सहकारीको उपाध्यक्ष थिए । नेपाली बागलुङकै इमेज सहकारीको २ अर्ब बढी रकम अपचलन आरोपमा पुर्पक्षमा अहिले बागलुङ कारागारमै छन् । यता सूर्यदर्शन सहकारीमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ ।