Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

रविको बयानः सहकारीको रकम मेरो पेटमा परेको छैन, चेक दुरुपयोग भयो (पूर्णपाठसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले आफूलाई थाहा दिए कर्तुत बाहिरिने डरले गैरकानूनी तरिकाले हिसाब मिलान गरेको बयान दिएका छन् । उनले जिल्ला सरकारी वकिल कार्यालय कास्की समक्ष कर्तुत बाहिरिने डरले गोप्य रुपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरेको वयानमा बताएका हुन् ।

रविसहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर, रविले आफूमाथि लागेको आरोपको इन्कारी बयान दिएका छन् । ‘मलाई जानकारी भएको खण्डमा यिनीहरूको कर्तुत बाहिर आउने डर समेत राखी योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत गरिएको रहेछ’, उनले बयानका क्रममा भनेका छन् ।

उनले गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफूलाई नभएको बताएका छन् । आफू गोर्खा मिडियामा हुँदासम्म कम्पनी नलिएको लामिछानेले दाबी गरे । ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कुनै कार्य म कम्पनीमा रहँदासम्म भए गरेको छैन सहकारीको रकम अपचलन गर्नमा मेरो कुनै किसिमको मिलेमतो संलग्नता छैन’, उनले भनेका छन् ।

रविले सहकारीको एक रुपैयाँ रकम पनि आफू नखाएको बताएका छन् । संसदीय छानबिन समितिको प्रतिवेदनमा संलग्नता नरहेको पुष्टि भएको उनले बताए । उनले भने, ‘सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ पनि परेको छैन । सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भई सकेको अवस्था छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन वटा कसुरमा मुद्दा दायर भएको छ ।लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम गरिएको छ । उक्त बिगो भराउन र उनीहरूलाई कैद सजाय गर्न पनि माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दायर गरेको अभियोग पत्रमा लामिछानेविरुद्ध व्यक्तिगत र सामूहिक गरी उक्त बिगो भराउन माग गरिएको हो ।
पूर्णपाठ

undefinedundefinedundefinedundefinedundefined