Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेको सांसद पद निलम्बन हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने देखिएको छ। सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा २७ अनुसार कुनै पनि राष्ट्रसेवक थुनामा रहेको अवस्थामा वा उनीमाथि मुद्दा दायर भएको अवस्थामा मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बन हुने प्रावधान छ । ऐनमा भनिएको छ, ‘यदि राष्ट्रसेवक वा कुनै पदाधिकारी थुनामा रहेको वा मुद्दा दायर भएको अवस्थामा त्यस अवधिभर स्वतः निलम्बन भएको मानिनेछ ।’

योसँगै प्रतिनिधि सभा सञ्चालन नियमावली, २०७९ को दफा २४८ को उपनियम ३ ले पनि सांसद पद निलम्बनसम्बन्धी स्पष्ट निर्देशन दिएको छ । नियमावलीअनुसार, तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने, नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षका लागि थुनामा रहेको अवस्थामा, त्यस्तो अवधिभर सांसदको पद स्वतः निलम्बन हुनेछ ।

 यस अवधिमा सांसदले कुनै अधिकार उपभोग गर्न, सेवा सुविधा प्राप्त गर्न वा आफ्नो हैसियतमा कुनै कार्य गर्न पाउने छैनन् । थुनामा रहेको अवधि अवधिभर पारिश्रमिक, सेवा र सुविधा समेत रोक्का हुने प्रावधान छ ।

nilamban1.png