डेनमार्कका लागि नेपालको राजदूतमा सुम्निमा तुलाधर नियुक्त भएकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज आइतबार तुलाधरलाई डेनमार्कको राजदूत नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।