Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

सूर्यदर्शन सहकारीमा डेढ अर्ब ठगीः यी हुन् रविसहितका ३४ प्रतिवादी (सूचीसहित)

सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा आज (आइतबार) जिल्ला अदालत कास्कीमा थप ३३ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, माओवादी नेता दीपेश पुनसहित ३३ जनालाई प्रतिवादी बनाइएको मुद्दामा कुल एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गरिएको छ ।

फरक–फरकलाई फरक बिगो र सजाय माग गरेर मुद्दा दर्ता भएको सरकारी वकिलले जानकारी दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दामा प्रतिवादी लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणी वास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, विशाल तामाङ, नविन अछामी रहेका छन् । यस्तै रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, बिरबहादर रानाभाट, दिया न्यौपाने, कल्पकुमारी श्रेष्ठ र लक्ष्मीप्रसाद पौडेल प्रतिवादी बनाइएको छ ।

सहकारी ठगी प्रकरणमा उक्त कार्य सहकारी ऐन, २०७४ को दफा १२२ को कसूर साथै संगठित अपराधतर्फ संगठित अपराध (निवारण) ऐन, २०७० को दफा ३ विपरितको कसूर गरेको पुष्टि हुन भएको जनाइएको छ । व्यक्तिगत प्रकरणमा गरिएको विवेचनाका आधारमा प्रतिवादी ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकारको कार्य सहकारी ऐन, २०७४ को दफा १२२ को बमोजिमको कार्य गरी सहकारी ठगीको कसूर गरेको पुष्टि भएको छ ।

१) रवि लामिछाने
२) छविलाल जोशी
३) जीबी राई
४) दीपेशकुमार पुन
५) रामबहादुर खनाल
६) नेत्रपाणी बास्तोला
७) देवेन्द्रबाबु राई
८) विज्ञान राई
९) लीला पछाई
१०) विश्वविक्रम राई
११) विशाल तामाङ
१२) नवीन अछामी
१३) रविना रिमाल
१४) असरफ अली सिद्धिकी
१५) दीपक लामा
१८) अनन्तबाबु राई
१९) ओमप्रकाश गुरुङ
२०) वीरबहादुर रानाभाट
२१) दीपा न्यौपाने
२२) कल्पनाकुमारी श्रेष्ठ
२३) ज्ञानबहादुर बम्जन
२४) मीना गुरुङ
२५) सूर्यध्वज न्यौपाने
२६) आरती गुरुङ
२७) लीलाबहादुर गुरुङ
२८) पेशलकुमार राई
२९) कृष्णबहादुर गुरुङ
३०) देवकुमार नेपाली
३१) सकुन्तला गुरुङ
३२) मिश्रकुमारी गुरुङ
३३) रितु ताम्राकार
३४) लक्ष्मीप्रसाद पौडेल