Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जनकपुर बोल्ट्सप्रति साम्प्रदायिक व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न गगन थापाको माग

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलका क्रममा जनकपुर बोल्ट्सका समर्थकलाई नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेमाथि तत्काल कारबाहीको माग गरेका छन् । आज आइतबार सामाजिक सञ्जालमा लेख्दै थापाले शनिबार भएको घटनालाई लिएर मधेसी आयोगले कानुनी उपचार खोज्दै गृह मन्त्रालयलाई गरेको कारबाही सिफारिस माग सही भएको बताएका छन् ।

‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ । मधेसी आयोगले यसको कानूनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक,’ थापाले भनेका छन्, ‘सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस् । यी हर्कतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन । नो इफ नो बट ।’ 

एनपीएलको फाइनल खेलका क्रममा कीर्तिपुर मैदानदेखि सामाजिक सञ्जालसम्म मधेसी समुदायलाई होच्याउने, आक्रमण गर्ने जस्ता कार्य भएको थियो । यसको चौतर्फी विरोध भएको छ ।