Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

रविविरुद्ध २७ करोड ८९ लाख सम्पति शुद्धीकरणको आरोप, छविको कति?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ ।

उनीविरुद्ध फरक–फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति शुद्धीकरणमा सो बराबरको बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको सहायक जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन् । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएपनि निकिताको हकमा लागेको आरोपबारे केही बताइनन् । निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’ का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको बताइन् । त्यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्ड सजाय हुँदैन ।

छविलाल जोशीविरुद्ध ७४ करोड बढी बिगो मागदाबी
यस्तै पूर्व डीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड बढी बिगो मागदाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन् ।