Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

हङकङबाट नेपाल आएका यात्रुको जहाजभित्रै निधन

नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट काठमाडौँ आएका व्यक्तिको मृत्यु भएको छ । 

निगमको आरए ४०१ उडानमा अचेत भेटिएका उनलाई अस्पताल पुर्‍याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए । जहाजभित्रै अचेत भेटिएका ताप्लेजुङका ५२ वर्षीय देउमान लिम्बूलाई आफन्तहरूले सिनामंगलमै रहेको केएमसी अस्पताल पुर्‍याएका थिए ।

निगमका प्रवक्ता रमेश पौडेलले जहाजमा उनको अवस्था के थियो भनेर तत्काल भन्न नसकिने बताए । निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बूलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।