Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एनपीएल विजेतालाई राष्ट्रपति पौडेलको बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।


साथै उनले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा जनकपुर बोल्ट्सले प्रमुख दाबेदार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पार्दै उपाधि जितेको हो ।