Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

एकाबिहानै बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प

बाजुराको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प भएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प भएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए ।

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।