Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओलीद्वारा क्रिकेट कमेन्टटेटर एन्ड्रयू लियोनार्डको प्रशंसा

 प्रधानमन्त्री केपी शर्मा ओली र क्रिकेट कमेन्टटेटर एन्ड्रयू लियोनार्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र लियोनार्डबीच शुक्रबार भेटवार्ता भएको हो । 

प्रधानमन्त्री ओलीले नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कमेन्टटेटर लियोनार्डसँगको तस्बिर राख्दै सामाजिक सञ्जाल फेसबुकमा राख्दै आफूहरुबीच काठमाडौंमा जारी एनपीएलका विषयमा छलफल भएको उल्लेख गरेका छन् ।


उनले लेखेका, ‘एन्ड्रयू लियोनार्ड नेपाली क्रिकेटलाई माया गर्नुहुन्छ, उहाँ आफ्ना उद्घोषणहरूमा नेपाली समाज, कला र संस्कृतिलाई समेत जोड्नुहुन्छ, मलाई उहाँको कमेन्ट र प्रस्तुति मन पर्छ, क्यानका सचिव पारस खड्कासहित आज उहाँसँग अहिले चलिरहेको एनपीएलका विषयमा कुरा भयो ।’