Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नौं दिनका लागि एआइजीमा बढुवा

मन्त्रिपरिषदको आज शुक्रबारको बैठकले नेपाल प्रहरीका दुई नायब महानिरीषक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीषक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ । एक साताअघि भएको सिफारिस अनुसार दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा एआइजीमा बढुवा भएका हुन् ।


उनीहरूमध्ये बोहरा नौं दिनपछि अनिवार्य अवकाशमा जाँदैछन् । उमेर हदका कारण १४ पुसमा अवकाश पाउन लागेका बोहरालाई सरकारले बिशिष्ट श्रेणीमा बढुवा गरेको छ ।

यसले राज्यको आर्थिक दायित्व थप्ने जानकार बताउँछन्। यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४)अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो ।

एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो । यसअघि गत कात्तिकमा सरकारले दुई दिनका लागि किरण राणालाई एआइजीमा बढुवा गरेर अवकाश दिएको थियो । आफू निकटलाई सुविधा दिन केही दिनका लागि बढुवा गर्ने प्रवृत्तिले राज्यलाई आर्थिक भार बढ्दै गएको छ ।