मुलुकमा पुनः मङ्कीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
‘साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो’, उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ ।’ निजको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’ मा राखेर उपचार भइरहेको छ।
दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मङ्कीपक्स संक्रमणको देखिएको थियो । उनले मङ्कीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’ लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।