Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

तीन तहका सरकारबीच अधिकार बाँडफाँटमा धेरै मतभिन्नता छैनन्ः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताएका छन् । 

आज बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै क्षेत्र, लिंग, भाषा, धर्म, संस्कृति, अल्पसंख्यक समुदाय आदिलाई समेत सम्बोधन हुने गरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै संघीयताको सफल कार्यान्वयनको सूचक भएको बताए ।


तीन तहकै सरकारहरूबीचको अधिकार बाँडफाँट र तिनीहरूको कार्यान्वयनमा धेरै मतभेद नरहेको उनको भनाइ थियो । संघीयता कार्यान्वयनको सुरुवाती अवस्थादेखि रहेका केही कमी–कमजोरी अहिले कार्यान्वयनको क्रममा समाधान हुँदै गएको दाबी गरे ।

उनले भने, ‘सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसंख्यक समुदाय आदिलाई समेत सम्बोधन हुने गरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै संघीयताको सफल कार्यान्वयनको सूचक पनि हो । तीन तहकै सरकारहरूबीचको अधिकार बाँडफाँट र तिनीहरूको कार्यान्वयनमा थुप्रै मतभेद र विवाद छन् जस्तो मलाई लाग्दैन । संघीयता कार्यान्वयनको सुरुवाती अवस्थादेखि नै केही कमी कमजोरीहरू पनि अवश्य अभ्यासका क्रममा समाधान हुँदै गएका छन् । सम्बोधन हुँदै जाने नै छन् । सभामुखका रूपमा संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माण गर्न मेरो प्रयत्न पनि निरन्तर रहिरहेको छ । संघीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति हो भन्ने मेरो बुझाइ छ ।’