Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

हिरासतमा रहेको रविको फोटो रियल हो, मैले नै खिचेको हुँ माफी चाहान्छु: डा. निकोलस भुसाल

डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने 'हिरासतमा रहेको फोटो' आफूले खिचेको दाबी गरेका छन् ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने 'सुतिरहेको फोटो' सामाजिक सञ्जालमा भाइरल भएपछि भुसालले उक्त तस्बिर आफूले खिचेको बताएका हुन् ।

New Project (16).png

"यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ," उनले फेसबुकमा भनेका छन् ।

कास्की प्रहरी स्रोतले पनि भुसालले नै फोटो खिचेको हुन सक्ने बताएको छ । यस विषयमा प्रहरीले छानबिन भइरहेको बताएको छ ।