सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने भएको छ । बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन चैतमा गर्ने निर्णय गरेको सचिव आरती भट्टराईले जानकारी दिइन् ।
सचिव भट्टराईका अनुसार महाधिवेशनको मिति र स्थान भने पछि सार्वजनिक गरिनेछ । त्यस्तै, अनेरास्ववियु केन्द्रीय कमिटी बैठक चौथो आगामी माघ ६ देखि ८ सम्म काठमाडौंमा हुने निर्णय भएको भट्टराईले जानकारी दिइन् ।
यस्तै, त्रिविले तोकेकै मिति फागुन १५ गते स्ववियु निर्वाचन सम्पन्न गराउन पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरि दबाब सिर्जना गर्ने पनि निर्णय गरिएको उनले बताइन् ।
त्यस्तै, त्रिविमा स्ववियु सचिव सिधान्त भट्टले ३५ बुँदे विश्वविद्यालय सुधारको लागि राखेको धर्नाका माग अविलम्ब पूरा गर्न पनि अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ ।